आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन सुरु


१८ फाल्गुन २०८०, शुक्रबार


तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्ने प्रस्तावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए । 

उनका अनुसार आजको बैठकमा सभामुखले  प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्य विभाजन सम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । यस्तै दलको तर्फबाट प्रदेश सभा सदस्यले शुभकामना व्यक्त गर्नुहुने कार्यसूची पनि रहेको छ । 

यस्तै यही फागुन १९ गते प्रदेशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस