इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी 


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ । बुधबार राति भएको खेलमा इन्टरले एटलान्टलाई ४-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा म्याथ्यु डार्मियनले २ गोल गर्दा लाउटारो मार्टिनेज र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए ।

जितसँगै शीर्ष स्थानमा रहेको इन्टर मिलानले तालिकामा २६ खेलबाट ६९ अंक बनाएको छ । पराजित भएको एटलान्टा भने ४६ अंकका साथ पाँचौं स्थानमा छ । यसैगरी नापोलीले सासुलोमाथि ६-१ गोलको पुनरागमन जित निकालेको छ ।

सासुलोले सुरुमै गोल गरेपनि त्यसपछि लगातार ६ गोल खान पुगेको थियो । नापोलीका भिक्टर जेम्सले ह्याट्रिक गर्दा केभिचाले २ तथा अमिर रहमेनीले एक गोल थपेका थिए । सासुलोका लागि उरो रेसीले एक गोल गरे ।  नापोली नवौं तथा सासुलो १८ औं स्थानमा छ । 

Tags :
प्रतिक्रिया दिनुहोस