फागुन २१ गते राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फागुन २१ गते राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुने


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूको शपथ कार्यक्रम फागुन २१ गते हुने भएको छ ।

संघीय संसद सचिवालयले सूचना निकालेर फागुन २१ गते बिहान साढे ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शपथ हुने जानकारी गराएको छ ।

राष्ट्रिय सभामा गत माघ ११ गते भएको निर्वाचनबाट १९ जना निर्वाचित भएर आएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा एक चौथाइ सांसद प्रत्येक दुई वर्षमा चुनिएर फेरिन्छन् । २०७४ सालमा निर्वाचित भएका सांसदहरूमध्ये गोलाप्रथाद्वारा ६ वर्षे कार्यकाल भएकाहरू यही फागुन २० गतेबाट बिदा हुँदैछन् ।

उनीहरूको ठाउँमा निर्वाचित भएकाहरूको शपथ फागुन २१ गते हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस