काठमाडौँ । जंगली जनावरबाट अन्नबाली जोगाउन ‘भोटे कुकुर’ दिइने भएको छ । अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर-२ ले जंगली जनावर नियन्त्रण गर्न भोटे कुकुर वितरण गर्ने भएको हो।
वडाध्यक्ष चन्द्रकान्त पौडेलका अनुसार वडाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत बाँदर, बँदेल, दुम्सी लगायतका जङ्गली जनावरबाट किसानको खेती जोगाउन शुद्ध नस्लका भोटे कुकुर खरिद गरी वितरण गर्ने निर्णय भएको छ।
जंगली जनावरको बिट्ठयाँइले कृर्षकका अन्नबाली जोगाउन मुस्किल भएपछि वडा कार्यालयले यो निर्णय गरेको वडाध्यक्ष पौडेलले बताए।