खोसियो खगराज भट्टको दलको नेता र इन्चार्जको दुवै जिम्मेवारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खोसियो खगराज भट्टको दलको नेता र इन्चार्जको दुवै जिम्मेवारी


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । माओवादी केन्द्रले स्थायी कमिटी सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाएको छ ।

माघ दोस्रो साता संसदीय दलका बहुमत सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको थियो । माओवादी प्रदेश कमिटीले भने त्यो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टलाई दलको नेताबाट हटाउने संसदीय दलका बहुमत सदस्यको निर्णयमा सहमति जनाएको छ ।

साथै जनप्रतिनिधिलाई इन्चार्जको जिम्मेवारी नदिने भनेर भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट समेत हटाएको छ । यो निर्णयमा उपमहासचिव जनार्दन शर्माले लिखित रूपमै असहमति राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस