४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डब्ल्यूपीएलमा बैंगलोरको लगातार दोस्रो जित, गुजरातको हार

अ+ अ-

काठमाडौँ । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल)मा खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले लगातार दोस्रो जित निकालेको छ । 

मंगलबार राति भएको खेलमा आरसीबीले गुजरात जायन्ट्सलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो । १०८ रनको लक्ष्य पछ्याएको आरसीबीले १३ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

खेलको सुरुमा रोयल च्यालेन्जर्स बैंग्लोरकी कप्तान स्मृति मन्धनाले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएकी थिइन् थिइन् । गुजरातका लागि हरलिन देओल र बेथ मुनी ब्याटिङ ओपन गर्न आए तर रेणुका सिंह ठाकुरको अगाडि गुजरातको शीर्ष क्रम फ्लप जस्तै देखियो । रेणुकाले बेथ मुनीलाई ८ रन र फिबी लिचफिल्डलाई ५ रनमा पभेलियन पठाइन् ।

मध्य क्रममा वेदा कृष्णमुर्ती र एस्ले गार्डनर पनि फ्लप भए । कृष्णमुर्तीले ९ तथा गार्डनरले ७ रनको मात्रै योगदान गरिन् । गुजरातका लागि डिलन हेमलताले सर्वाधिक ३१ रन र हरलिन देओलले २२ रन जोडिन् । आरसीबीका लागि सोफी मोलिनक्सले ३ र रेणुकाले २ तथा जर्जिया वेयरहामले १ विकेट लिए ।

१०८ रनको लक्ष्यको जवाफमा बैंग्लोरको ब्याटिङमा कप्तान स्मृति मन्धानाले तीव्र सुरुवात गरेपनि ३२ रनको स्कोरमा सोफी डेभिन ६ रन बनाएर पभेलियन फर्किएकी थिइन् । त्यसपछि पनि मन्धनाको ब्याट रोकिएन, उनले २७ बलमा ८ चौका र १ छक्का सहित ४३ रनको शानदार इनिङ खेलिन् । 

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी सबिनेनी मेघनाले अविजित ३६ र एलिस पेरीले २३ रन बनाउँदै आरसीबीलाई १२.३ ओभरमा ८ विकेटले जिताए । मेघनाले ३६ रनको पारीमा ५ चौका र १ छक्का प्रहार गरिन् भने एलिस पेरीले २३ रनको पारीमा ४ चौका प्रहार गरिन् ।

गुजरातका लागि गार्डनर र तनुजा कवरले एक एक विकेट लिए । जितसँगै बैंगलोर अंक तालिकाको पहिलो स्थानमा पुगेको छ भने गुजरातले लगातार दोस्रो हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस