आज नेपाल र नेदरल्यान्ड्स भिड्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

 आज नेपाल र नेदरल्यान्ड्स भिड्दै


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । टी-२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान ११:३० बजेदेखि शुरु हुनेछ । 

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

यसअघि लिग-२ अन्तर्गत दुवै खेलमा नेपाल नामिबियासँग हारेको थियो । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।

 टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको थियो  ।

Tags :
प्रतिक्रिया दिनुहोस