२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिपेश चम्किँदा घोराही टाइगर्स विजयी, तुलसीपुरको जितमा अमर उत्कृष्ट

अ+ अ-

काठमाडौँ । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग अन्तर्गत मंगलबार सम्पन्न दुई वटा खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन्। 

घोराही क्रिकेट स्टेडियममा सम्पन्न खेलमा तुलसीपुर रोयल्सले दंगाली लायन्सलाई तथा डिफेन्डिङ च्याम्पियन समेत रहेको घोराही टाइगर्सले पुरनधारा च्यालेन्जर्सलाई पराजित गर्‍यो।

आजको पहिलो खेलमा तुलसीपुर रोयल्सले विजयी सुरुवात गर्ने क्रममा दंगाली लायन्सलाई २७ रनले पराजित गर्‍यो। 

तुलसीपुर रोयल्सले दिएको १२६ रनको लक्ष्य पछ्याएको दंगाली लायन्सले २० ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा दंगाली लायन्सको लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ३१ रन योगदान दिए। अर्का ओपनर अंकित बुढा मगरले १६ तथा विपिन खत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

तुलसीपुर रोयल्सको बलिंगमा प्लेयर अफ द म्याच घोषित दायाँ हाते फास्ट बलर अमर सिंह रौटेलाले ४ ओभरमा २२ रन खर्चिए सर्वाधिक ३ विकेट लिए । इस्माईल अन्सारीले ३ विकेट लिँदा दिवान पुनले २ तथा रुपेश सिंहले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले २० ओभरमा ४ विकेट गुमाएर १२५ रन बनायो।

तुलसीपुरको लागि ओपनर विपिन रावलले सर्वाधिक ४२ रन बनाए। अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका रावलले ४५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर बिराट सिंह भण्डारीले ३८ रन बनाए जुन क्रममा ५७ बलमा १ चौका र १ छक्का प्रहार गरे। विपिन र बिराटले ९५ रनको ओपनिंग साझेदारी गरे।

दंगाली लायन्सको बलिंगमा विपिन खत्री, बसिर अहमद र प्रकाश जैसीले १-१ विकेट लिए।

आजको दोस्रो खेलमा घोराही टाइगर्सले पुरनधारा च्यालेन्जर्सलाई पराजित गर्दै पहिलो जित दर्ता गर्‍यो। 

पुरनधारा च्यालेन्जर्सले दिएको ११८ रनको लक्ष्य घोराही टाइगर्सले १९।४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। 

लक्ष्य पछ्याउने क्रममा घोराहीको लागि अर्जुन घर्तिले सर्वाधिक ४१ रन योगदान दिए जुन क्रममा ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै दिपेश कँडेलले १९, दिल्शाद अलिले १५, दिलीप नाथले १० तथा युनिश विक्रम सिंहले ९ रनको योगदान दिए। ५२ रनमा ४ विकेट गएको अवस्थामा दिपेश कंडेल र अर्जुन घर्तिले ४२ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। 

पुरनधाराको बलिंगमा कृष्ण कार्की, दिपेन्द्र रावत र सुजल ओलीले २-२ विकेट लिएता पनि जितको लागि पर्याप्त हुन सकेन। 

यस अघि टस हारेर ब्याटिङ गरेको पुरनधाराले २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनायो।

पुरनधाराको लागि राजु रिजालले अर्धशतकीय योगदान दिए। राष्ट्रिय क्रिकेटर समेत रहेका रिजालले ४४ बलमा ५ चौका र १ छक्का प्रहार गरे। रित गौतमले १६, दिपेन्द्र रावतले १५ तथा प्रनित थापाले १० रन बनाए।

घोराही टाइगर्सको बलिंगमा दिपेश कँडेलले सर्वाधिक ३ विकेट लिए। खेलको प्लेयर अफ द म्याच समेत घोषित यु-१९ राष्ट्रिय टिमका सदस्य समेत रहेका दिपेश कँडेलले ४ ओभरमा १२ रन मात्र खर्चिए। मिलन बुढाथोकीले २ तथा युनिश विक्रम सिंह र अर्जुन घर्तिले १र१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत तेस्रो दिन बुधबार पनि दुई खेल हुनेछन्। पहिलो खेल बिहान ९:३० बजे तुलसीपुर रोयल्स र पुरनधारा च्यालेन्जर्स बीच तथा दोस्रो खेल दिउँसो १ः ३० बजे घोराही टाइगर्स र देउखुरी वारियर्स बीच हुनेछ।

प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरनधारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन्।

राउण्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगिता फागुन १९ गते सम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस