पाकिस्तान सुपर लिग : इस्लामावादविरुद्ध पेशावर जाल्मी ८ रनले विजयी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पाकिस्तान सुपर लिग : इस्लामावादविरुद्ध पेशावर जाल्मी ८ रनले विजयी


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । पाकिस्तान सुपर लिग पीएसएलमा पेशावर जाल्मी ८ रनले विजयी भएको छ । 

लाहोरमा सोमबार राति भएको खेलमा पेशावरले इस्लामावाद युनाइटेडलाई पराजित गरेको हो । पेशवारले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर २०१ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा इस्लामावादले ९ विकेट गुमाएर १९३ रनमा रोकियो ।

पेशावरका लागि पहिला ब्याटिङ गर्दा कप्तान बाबर आजमले शतक प्रहार गरेका थिए । उनले ६३ बल फेस गर्दा दुई छक्का र १४ चौकाको मद्दतले १११ रनको नटआउट पारि खेले । 

यसैगरी सयम अयुवले २१ बलमा ३८ रन बनाउँदा दुई छक्का र तीन चौका प्रहार गरे । पौल वाल्टरले १९ रन बनाउँदा असिफ अलिले १७ रनको नटआउट पारि खेले ।

Tags :
प्रतिक्रिया दिनुहोस