फागुनमा मात्रै बैंकहरुले राष्ट्र बैंकमा राखे साढे २ खर्ब निक्षेप « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फागुनमा मात्रै बैंकहरुले राष्ट्र बैंकमा राखे साढे २ खर्ब निक्षेप


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । कर्जा लगानी विस्तार हुन नसकेपछि बैंकहरुले फागुनमा मात्रै साढे २ खर्ब रुपैयाँ भन्दा बढी रकम नेपाल राष्ट्र बैंकमा राखेका छन् ।

राष्ट्र बैंकले यही फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएपछि बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका हुन् ।

राष्ट्र बैंकले उनीहरूको निक्षेप ३ प्रतिशत ब्याजदरमा राखेको छ । बैंकहरुले सो निक्षेप राख्न बोलकबोल गर्नुपर्दैन ।यसअघि बोलकबोलबाट निक्षेप संकलन गर्दै आएको बैंकले फागुन देखि ३ प्रतिशत ब्याजदरमा बैंकहरुको निक्षेप राखेको हो ।

बैंकहरुले लगानी गरेर बाँकी रहेको सबै रकम केन्द्रीय बैंकमा राख्न पाउनेछन् ।

फागुन २ गते २७ अर्ब ८५ करोड रुपैयाँ, फागुन ६ गते ६० अर्ब, फागुन ९ गते ६९ अर्ब ६५ करोड रुपैयाँ र फागुन १३ मा ९६ अर्ब १५ करोड रुपैयाँ निक्षेप बैंकहरुले केन्द्रीय बैंकमा राखेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस