२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डब्ल्यूपीएलमा मुम्बईको लगातार जित 

अ+ अ-

काठमाडौँ । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल) को डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले लगातार दोस्रो जित निकालकेको छ ।

पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको मुम्बई इन्डियन्सले आफ्नो दोस्रो खेलमा आइतबार राति गुजरात जाइन्ट्सलाई ५ विकेटले पराजित गर्‍यो । मुम्बईको जितमा कप्तान हरमनप्रीत कौर र न्यूजिल्याण्डकी युवा अलराउन्डर अमेलिया केरले उत्कृष्ट योगदान गरे । पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो । १२७ रनको लक्ष्यको जवाफमा मुम्बईले ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

मुम्बई इन्डियन्सकी कप्तान हरमनप्रीत कौरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन् । फास्ट बलर शबनम इस्माइलको घातक बलिङका अगाडि गुजरातको शीर्ष क्रम ध्वस्त भएको थियो । शबनमले पहिला वेदा कृष्णमूर्तिलाई शून्य र हरलिन देओललाई ८ रनमा पभेलियन पठाएकी थिइन् । त्यसपछि नेट सिभर ब्रन्टले फोबी लिचफिल्डलाई ८ रनमा र हेली म्याथ्युजले हेमलतालाई ३ रनमा आउट गरिन् ।

पाँचौँ विकेटका रूपमा इस्माइलले कप्तान बेथ मुनीलाई २४ रनमा आउट गराइन् ।  अन्त्यमा क्याथरिन बुरिसको २५ रन र तनुजा कन्वरको २८ रनले गर्दा गुजरातले मुम्बईलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो । मुम्बईका लागि मेलिया केरले सर्वाधिक ४ विकेट लिइन् भने शबनमले ३ विकेट हात पारिन् ।

१२७ रनको लक्ष्यको जवाफमा मुम्बईको सुरुवात पनि खराब रहेको थियो । पछिल्लो खेलमा अर्धशतक प्रहार गर्ने यास्तिका भाटिया ७ रन बनाएर आउट भएकी थिइन् भने हेली म्याथ्युजले पनि ७ रन मात्र बनाइन् । 

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी नेट सिभर ब्रन्ट २२ रन बनाएर रनआउट हुँदा  कप्तान हरमनप्रीत कौर एक छेउमा अडिग रहिन् र मेलिया केरसँग ६६ रनको महत्त्वपूर्ण साझेदारी गरिन् । मेलिया केरले ३१ रनको योगदान दिएकी थिइन् । हरमनप्रीत कौरले छक्का प्रहार गर्दै खेलको अन्त्य गरिन् र ४६ रनमा नटआउट रहिन् । गुजरातका लागि तनुजा कन्वरले सर्वाधिक २ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस