वैशाख २० गतेभित्र उपनिर्वाचन गर्ने तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वैशाख २० गतेभित्र उपनिर्वाचन गर्ने तयारी


१३ फाल्गुन २०८०, आइतबार


Nirbachan_nirwachan_election

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ देखि २० गतेभित्र उपनिर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ।

त्यसका लागि आइतबार साढे १२ बजे निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दैछ।

यसबीचमा निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम गरेको र फागुनको १७ गतेखि रुजु सुरु गरिने जनाएको छ ।।

आयोगका अनुसार वैशाखको १५ देखि २० गतेभित्र मिति तोक्न सिफारिस गर्ने गरी प्रक्रिया अघि बढेको छ। आजै आयोग पदाधिकारीको बैठक बसेर यसबारे छलफल गर्ने आयोगको तयारी छ ।

आयोगका अनुसार वैशाखको १५ अगाडि उपनिर्वाचनको मिति तोक्न कठिन छ। मतदाता नामावली अद्यावधिक र रुजु गर्न चैतको २२-२३ गतेसम्म लाग्ने र त्यसपछि निर्वाचनको प्रक्रिया सुरु गर्दा वैशाख १५ पुग्ने छ।

यसबीच उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग पनि परामर्श भइसकेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस