२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफ्रिकन स्वाइन फिवर रोकथाम गर्न नाकामा निगरानी

अ+ अ-

सुदूरपश्चिम । सुँगुर, बुङ्गुरलगायतका पशुमा महामारीका रूपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सिमानाकामा निगरानी बढाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको सरोकारवालाको बैठकमा यो रोग भित्रिन नदिन सिमानाकामा अवैध पैठारी तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउने निर्णय गरिएको हो । 

सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा अफ्रिकन स्वाइन फिवर रोग फैलिन सक्ने जोखिम बढेकाले सचेत रहन कृषक तथा व्यावसायिक फार्मलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले अपिल गरेको छ । बैठकमा बङ्गुर तथा बङ्गुरजन्य पदार्थको ढुवानीमा पशु ढुवानी मापदण्ड २०६४ तथा भेटेनरी निरोगिताको प्रमाणपत्रसम्बन्धी प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने, कृषक तथा बङ्गुर व्यवसायीलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न उत्प्रेरित गराउने, पशु तथा पशुजन्य सामग्री तथा सवारी साधनको निर्मलीकरण गर्न लगाउने र आवश्यक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।  

यसैगरी पछिल्ला महिनामा कतिपय फार्मका बाख्रामा ‘टोक्सोप्लाज्मा गोन्डी’ र ‘क्यु फिवर’ नामको (बाख्रा तुहिने) रोगको पुष्टि भएको सन्दर्भमा यो रोगको रोकथामका लागि पनि सरोकारवाला निकाय र कृषकसँग समन्वय गरी सचेतनामूलक कार्य गर्ने पनि निर्णय गरिएको छ । गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगर क्षेत्रका कतिपय फार्मको बाख्राको नमुना परीक्षण गर्दा ‘टोक्सोप्लाज्मा गोन्डी र क्यु फिवर’ रोगको पुष्टि भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा हेमराज अवस्थीले जानकारी दिए ।  

सो अवसरमा प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बङ्गुर सुँगुरको व्यवसायमा लागेका किसानको व्यवसायमा प्रतिकूल असर नपुग्ने गरी कडाइका साथ रोगको रोकथामको पहल गर्नुपर्ने बताए। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा.अवस्थीले अफ्रिकन स्वाइन फिवर रोग र यसले निम्त्याउन सक्ने समस्या, रोकथाममा लागि गरिएको पहलका बारेमा जानकारी गराएका थिए । 

पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा.नरेशप्रसाद जोशीले यो रोगको रोकथामका लागि जैविक सुरक्षा नै प्रभावकारी उपाय रहेको बताए । यो रोगको सङ्क्रमण बढ्दा विगतमा कैलालीको भजनीका एक व्यवसायीको फार्ममा चार सय १५ बङ्गुर मरेका थिए ।  

सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषालुका कारण लाग्ने यो अफ्रिकन स्वाइन फिवर रोगको मृत्युदर उच्च रहेको र छिटो फैलिने गरेको बताइन्छ । नेपालमा पहिलो पटक गत वर्ष जेठ महिनामा यो रोगको पुष्टि भएको थियो । देशभरका २८ जिल्लामा सङ्क्रमण देखिएपछि जैविक सुरक्षाको विधि अवलम्बनसँगै सीमा तथा आन्तरिक क्वारेन्टाइनबाट ओसारपसारमा निगरानीका साथै सचेतनाका कार्यक्रम गरिएको थियो ।  

यो रोगको सङ्क्रमण हुँदा सुँगुर, बङ्गुर तथा बँदेलमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, तुहिनेजस्ता लक्षण देखिन्छन् । विश्व पशु स्वास्थ्य सङ्गठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रणसहित जैविक सुरक्षामा विशेष ध्यान पुर्‍याउन सिफारिस गरेको डा.अवस्थीले जानकारी दिए । 

फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्ने, बङ्गुर पालिएको खोर र फार्ममा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडरलगायतका निःसङ्क्रमणका औषधि प्रयोग नि:सङ्क्रमण गर्ने, रोगको शङ्का लागेको पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्ने, मरेका पशुलाई खाडलमा गाड्नेलगायतका उपाय अपनाउन सकिने पशु चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस