२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

अ+ अ-

काठमाडौँ । श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरू सहभागी रहेको एफएओ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपालमा उत्पादित अलैंचीले अर्थतन्त्रमा पुर्‍याएको योगदानको विषयले स्थान पाएको छ । 

प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रीस्तरीय सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दा बढी कृषिमन्त्री तथा प्रतिनिधिहरूको सहभागिता थियो ।

विशेषगरी नेपालको तर्फबाट खाद्य प्रणालीको उपयोग तथा लगानी प्रवर्धनका सम्भावना तथा अवसरका बारेमा राष्ट्रिय सोच प्रस्तुत गरिएको थियो ।

नेपालले ‘एक मुलुक एक विशेष बाली वस्तु’तर्फ छनौट गरेको अलैंचीको अर्थतन्त्रमा योगदानका विषयमा छलफल भएको थियो । नेपाली अलैंचीको निर्यातले अर्थतन्त्रमा विशेष योगदान गरेको अवस्थामा त्यसको महत्त्व, उत्पादनको अवस्था, प्रशोधन प्रणाली तथा आन्तरिक तथा वाह्य बजारमा बालीको पहुँचको सम्बन्धमा नेपालको तर्फबाट मन्तव्य प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिको टोली कोलम्बोमा पुगेका थिए । उनीहरूले नेपालको तर्फबाट मन्त्रिस्तरीय छलफलको विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन् । 

फागुन महिनाको ७ देखि १० गतेसम्म सञ्चालन भएको ३७औं एसिया प्रशान्त क्षेत्रको सम्मेलनमा खाद्य तथा पोषण सुरक्षाको अवस्था, कृषि खाद्य प्रणालीको अनुकूलित रूपान्तरण, कृषिमा लगानी प्रवर्धन तथा कृषिको आधुनिकीकरण एवं खाद्य वस्तुको उचित प्रयोग, पानीको उचित उपयोग तथा खानेपानी र खाद्य पदार्थ तथा उपलब्ध पानीको क्षतिको न्यूनिकरण जस्ता विषयहरूमा वृहत् छलफल गरिएको थियो । 

साथै कार्यक्रममा आयोजित मन्त्रिस्तरीय विशेष बैठकमा कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग साथै साना राष्ट्रहरूको कृषि तथा  पर्यावरणको विद्यमान अवस्था र भावी कार्यदिशाका बारेमा छलफल गरिएको थियो ।

आयोजक राष्ट्र श्रीलंकाकातर्फबाट उपस्थित सहभागीहरूलाई  स्थलगत भ्रमण कार्यक्रम तय गरिएको  थियो । उक्त  कार्यक्रममा  नेपालका विशिष्ट पदाधिकारीहरूलाई श्रीलंकामा संचालित विविध नवीनतम कार्यक्रमहरूको प्रत्यक्ष  अवलोकन गर्ने अवसर प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस