दादुरा-रूबेला खोप अभियानमा ५ हजार बढी स्वयंसेविका परिचालन « प्रशासन
Logo १ बैशाख २०८१, शनिबार
   

दादुरा-रूबेला खोप अभियानमा ५ हजार बढी स्वयंसेविका परिचालन


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । स्वास्थ्य निर्देशनालय गण्डकीले फागुन १३ देखि चैत ७ गतेसम्म दादुरा-रूबेला खोप अभियान सञ्चालन गर्ने भएको छ।

अभियान सफल पार्न गण्डकीका ९ वटा जिल्लामा ५ हजार ७ सय ७८ जना स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार गण्डकीका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा दोस्रो चरणमा खोप अभियान सञ्चालन गरिनेछ। मनाङ र मुस्ताङका अधिकांश बासिन्दा जाडो छल्न बेसी झरेका कारण दोस्रो चरणमा खोप अभियान चलाइने भएको हो।

गण्डकीका अन्य जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ भने नवलपुरमा १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइनेछ। भारतसँग सिमाना जोडिएको नवलपुरमा दादुरा रूबेला रोगको उच्च जोखिम भएकाले १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने निर्णय गरिएको छ ।

खोप लगाउन गण्डकीमा २ हजार ८ सय ८९ वटा खोप केन्द्र सञ्चालन गरिनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस