सामाजिक सुरक्षा कोषमा आबद्ध भयो बाँसगढी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सामाजिक सुरक्षा कोषमा आबद्ध भयो बाँसगढी


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिका पनि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्तरगत बाँसगढी नगरपालिका कोषमा आबद्ध भएको हो ।

सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र बाँसगढी नगरपालिकाका तर्फबाट प्रमुख खडकबहादुर खड्काले संयुक्त रूपमा कोषको कार्यालय बबरमहलमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यसै अवसरमा नगर प्रमुख खडकाले बाँसगढी नगरपालिकाले औपचारिक क्षेत्र तथा अनौपचारिक क्षेत्रका श्रमिक कोषमा आबद्ध हुनुपर्ने सम्बन्धमा जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै प्रथम चरणमा नगरपालिकाले नगर क्षेत्रभित्र भित्र कार्यरत १०३ स्वास्थ्य स्वयंम सेविकालाई फागुन महिनाबाट नै लागू हुने गरी कोषमा जम्मा गर्नुपर्ने सम्पूर्ण योगदान रकम (३१ प्रतिशत) जम्मा गर्नेसमेत जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस