ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु


१० फाल्गुन २०८०, बिहिबार


मलङ्गवा (सर्लाही) । सर्लाहीको बरहथवामा बुधबार ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

बरहथवा नगरपालिका-१५, प्रिपाभित्तास्थित बागमती नदीको नहरमा ट्याक्टर दुर्घटना हुँदा ट्रयाक्टर धनीसमेत रहेका चालक रौतहट जिल्लाको गढीमाई नगरपालिका-९ का ५५ वर्षीय जयलाल सहनी र सोही ठाउँका ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार घाइते भएका छ जनामध्ये दुईको अवस्था गम्भीर छ ।   

रौतहटबाट सर्लाहीको हजरियातर्फ आएको ट्र्याक्टर अनियन्त्रित भई बागमती नदीको नहरमा खसेको प्रहरी प्रवक्ता थारुले बताए ।  ट्याक्टरमा लेखिएको नम्बर प्रस्ट नभएको उनले जानकारी दिए । 

ट्र्याक्टर दुर्घटनामा गढीमाई नगरपालिका-९ बस्ने १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी, १७ वर्षीय आकाश सहनी, ४५ वर्षीय सुकल देवी, १६ वर्षीया अञ्चला कुमारी र १८ वर्षीया नितेश सहनी घाइते भएका छन् । 

गम्भीर घाइते आकाश र किसनको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको रौतहटको गौर गरुडामा उपचार भइरहेको प्रहरी प्रवक्ता थारुले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस