१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात‚ सिरिया ४-१ ले पराजित

अ+ अ-

काठमाडौँ । वेस्ट एशियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपाल र सिरियाबीच आज (मंगलवार) भएको प्रतिस्पर्धामा नेपालले सिरियालाई ४-१ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्ला स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा नै ३-१ को अग्रता बनाएको थियो।

खेलको शुरुवातबाटै सिरियालाई दबाबमा राखेको नेपालले खेलको ९औँ मिनेटमा नै अमिशा कार्कीले गोल गर्दै अग्रता दिलाइन्। 

खेलको १२औँ मिनेटमा नेपालले पाएको कर्नरमा अनिता बस्नेतले प्रहार गरेको कर्ली किक गोलमा परिणत भयो। अनिताको कर्नर प्रहार दर्शनीय गोलमा परिणत हुँदा सिरियाली गोलकिपरले हेरेको हेरै भइन्। 

यसपछि १९औँ मिनेटमा ‘साम्बा’ सावित्रा भण्डारीले नेपालका लागि तेस्रो गोल गरिन्।

पहिलो हाफमा नै गोल गर्न प्रयासरत सिरियाले एक गोल भने फर्कायो। सिरियाली खेलाडी मुस्तफाले ४३औँ मिनेटमा गरेको प्रहार गोलकिपर एञ्जिला तुम्बापोले रोक्दा उनको हातमा लागे पनि गोल भयो।

खेलको ६९औँ मिनेटमा सावित्रा भण्डारीले दिएको पासमा रेखा पौडेलले नेपालका लागि चौथो गोल गरिन्।

खेलमा नेपालले सिरियाली पोस्टमा निकै आक्रमण गरे पनि गोल गर्ने प्रयास विफल भएका थिए।

खेलको अन्तिम समयमा प्रशिक्षक राजेन्द्र तामाङले गोलकिपर एञ्जिला तुम्बापोको साटो उषा नाथलाई उतारेका थिए।

पश्चिमी क्षेत्रका राष्ट्रहरू सम्मिलित यस प्रतियोगितामा नेपालले पहिलो पटक आमन्त्रित टोलीका रूपमा सहभागिता जनाएको हो। नेपालले पहिलो पटक सिरियासँग खेलिरहेको हो।

पहिलो पटक महिला टोलीको जिम्मेवारी सम्हालेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विदेशी लिग खेलेका खेलाडीहरू हुँदा नेपाललाई फाइदा पुग्ने विश्वास गरेका छन्।

गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदान उत्रिएको टोलीले अग्रपंक्तिको जिम्मेवारी सावित्रा भण्डारीलाई दिएको छ।

नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन्।

अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्।

प्रतिक्रिया दिनुहोस