एमाले कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित


८ फाल्गुन २०८०, मंगलबार


कैलाली । नेकपा (एमाले) कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित भएको छ । प्राविधिक कारणले बुधबार बिहान ८ बजे सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको हो  । 

बुधवार मतदान गर्ने गरी मंगलबार दिउँसो निर्वाचन तालिका सार्वजनिक गरिएको थियो । मंगलबार रातिसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर बुधबार बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म मतदान गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको थियो ।

आइतबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दै सोमबार बिहानसम्म सहमति नजुटे निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिएका थिए । तर, अहिले सम्म पनि निर्वाचन प्रक्रिया सुरु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस