काँग्रेस बैठकस्थलमा अर्थमन्त्रीसहितले खानेबेला भात सकिएपछि… « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काँग्रेस बैठकस्थलमा अर्थमन्त्रीसहितले खानेबेला भात सकिएपछि…


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको महासमितिको बैठक ललितपुरको गोदावरीमा जारी छ। करिब २३ सय प्रतिनिधि सहभागी रहेको बैठकको भोजन व्यवस्थापनका लागि केन्द्रीय सदस्य उदय शमशेर राणा नेतृत्व उपसमिति गरेको थियो।

काँग्रेसले बैठकमा भोजनको जिम्मा अनुपम फुडल्याण्ड एण्ड बेङ्क्वटले जिम्मा लिएको छ। बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेपछि लञ्ज ब्रेक भएको थियो ।

ब्रेक भएपछि खानाको लाइनमा महासमितिका सबै सदस्यहरू लागे। खानाको लागि ननभेजको ९, भेज २ र हलालको १ स्टेसन बनाइएको छ। तर, नेताहरू खाना खान आएको २५ मिनेटसम्ममै खाना सकियो।

त्यहाँ रहेका अर्थमन्त्री प्रकाश शरण महतलगायतले तरकारी मात्र खाएर खानाको प्रतीक्षा गरिरहे पनि करिब आधा घण्टा बढीसम्म आएन।

खानाको लागि करिब १० मिनेट लाइन मा बसेर पनि खाना नआएपछि उनी त्यहाँबाट प्लेट राखेर स्वयम सेवकलाई चाँडो व्यवस्थापन गर्न भन्दै हिँडेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस