योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ ।

एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो । उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाँल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायतको टोली रहेको छ ।

बैंकका स्थित संयुक्त राष्ट्र ससंघको सम्मेलन केन्द्रमा मंगलबारदेखि शुक्रबारसम्म (फ्रेवुअरी २० देखि २३सम्म) चल्ने कार्यक्रममा दीर्घकालीन सोचका लक्ष्यहरू १, २, १३, १६ र १७ को समीक्षा समेत हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस