सात महिनामा ३५ प्रतिशत राजस्व संकलन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सात महिनामा ३५ प्रतिशत राजस्व संकलन


७ फाल्गुन २०८०, सोमबार


बुटवल । भैरहवा भन्सार कार्यालयले ७ महिनामा लक्ष्यको ३५.६३ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म यस कार्यालयले ४५ अर्ब ५४ करोड १९ लाख २५ हजार राजस्व संकलन गरेको हो ।

भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा १ खर्ब २७ अर्ब ३ करोड ६६ लाख ७९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । लक्ष्य पूरा गर्न भन्सार कार्यालयले अबको ५ महिनामा ८२ अर्ब २९ करोड ४७ लाख ५४ हजार राजस्व उठाउनु पर्ने छ ।

भन्सार कार्यालयले साउन महिनामा ६ अर्ब ४९ करोड ५ लाख ३१ हजार, भदौमा ६ अर्ब ८६ करोड ५१ लाख ३३ हजार, असोजमा ९ अर्ब ३ करोड ८६ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । यस्तै, कार्तिकमा ४ अर्ब ४९ करोड ४ लाख ३९ हजार, मङ्सिरमा ६ अर्ब ६ करोड ३ लाख ४४ हजार, पुसमा ६ अर्ब १९ करोड १७ लाख १३ हजार र माघ महिनामा ६ अर्ब ४० करोड ६ लाख ९२ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस