डिएसपी हुँ भन्दै गाडी चालकलाई अपशब्द प्रयोग गर्ने पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

डिएसपी हुँ भन्दै गाडी चालकलाई अपशब्द प्रयोग गर्ने पक्राउ


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौँ चुनदेवीका प्रवीण श्रेष्ठ प्रहरीले पक्राउ गरेको हो ।

एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौँको सार्वजनिक स्थानमा अपशब्द प्रयोग गर्दै गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

भिडियोमा देखिए र सुनिए अनुसार उनले प्रहरीको डिएसपी हुँ भन्दै अपशब्द प्रयोग गरेका थिए । गाडीमै सवार एक जना महिलाले दाइ–दाइ भनेर सम्बोधन गर्दा र चालकले तपाईँ भनेर सम्बोधन गर्दा पनि प्रवीण श्रेष्ठले उनीहरूलाई अपशब्द प्रयोग गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र उनी नेपाल प्रहरीको बहालवाला तथा अवकाश प्राप्त कर्मचारी नभएको समेत प्रहरीले स्पष्ट पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस