२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीयको दबाबपछि मन्थली-चिसापानी सडक निर्माण सुरु

अ+ अ-

रामेछाप । सदरमुकाम मन्थलीदेखि चिसापानीसम्मको सडक कालोपत्रे गर्ने जिम्मा लिएको रामेछापका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङको कान्छाराम कन्ट्रक्सनले निर्धारित समयमा काम नगरेको भन्दै स्थानीयले सङ्घर्ष समिति बनाएर आन्दोलनको घोषणा गरेपछि सडक निर्माणको काम अघि बढेको छ । 

डेढ वर्ष भित्र काम सक्ने गरी तीन वर्षअघि नै ठेक्का लगाइएको सो सडकको काम पटक पटक म्याद थप गरेर पूरा नगरेपछि स्थानीयले प्रकाश श्रेष्ठको संयोजकत्वमा दबाब तथा सङ्घर्ष समिति बनाएका थिए । कूल सात किलोमिटरमध्ये गतसाल दुई किलोमिटर सडक पिच गरेर निर्माण कम्पनीले काम त्यतिकै छाडिदिएको थियो । 

सडक अलपत्र छाडेर छाडेको कारण धुलो उडेर घर भित्र समेत बस्न नसक्ने अवस्था बनेपछि स्थानीय सङ्घर्षमा उत्रिएका थिए । जिम्मेवार व्यक्तिकै निर्माण कम्पनीले नागरिक स्वास्थ्यमा खेलबाड गर्ने गरी काम अलपत्र पारेको भन्दै स्थानीयले पत्रकार सम्मेलन गरेर निर्माण व्यवसायीको खोजी गरी काममा लगाइदिन आग्रह गर्दै काम सुरु नभए सङ्घर्षमा जाने घोषणा गरेका थिए । 

सो सडकको लागि वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आर्थिक वर्ष २०७६÷०७७ मा टेन्डर आह्वान गरिएको थियो । तामाङको एमएस कान्छाराम कन्स्ट्रक्सन कम्पनीले २०७७ असार २७ गते  भ्याटसहित १९ करोड १ हजार ४ सय ५० रुपैयाँमा काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । निर्माणको ८० प्रतिशत काम पूरा भएको भन्दै १५ करोड ३२ लाख ७६ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी लिइसकेको छ । 

रोकिएको सडक निर्माणको काम सुरु गर्ने पटक पटक लिखित सहमति भएको भए पनि काम अघि बढेको थिएन । सङ्घर्ष समितिले काठमाडौँ स्थित तामाङकै घरमा गएर पनि ज्ञापनपत्र बुझाएको थियो । स्थानीयले सङ्घर्ष समिति बनाएर पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीको विरुद्ध सडकमा आन्दोलन गर्ने चेतावनी दिएपछि सडकमा बेस राख्ने काम सुरु भएको छ ।  चैत महिना भरीमा सडकको काम सक्ने निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस