नेदरल्यान्डविरुद्ध नेपाललाई चौथो सफलता « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेदरल्यान्डविरुद्ध नेपाललाई चौथो सफलता


५ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा नेदरल्याण्ड्सविरूद्ध नेपालले चौथो सफलता हात पारेको छ । २० औँ ओभरमा नेपालले चौथो विकेट लिन सफल भएको हो ।

२७ रन बनाएका बास डी लिडे ललित राजवंशीको बलमा बोल्ड भए । 

छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए । 

आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेदरल्यान्ड्सले १९.३ ओभरमा ४ विकेटको क्षतिमा ६७ रन बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस