रोहित पौडेल बने प्लेयर अफ दि सिरिज « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रोहित पौडेल बने प्लेयर अफ दि सिरिज


२९ माघ २०८०, सोमबार


काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानडासँगको तीन खेलको सिरिजमा प्लेयर अफ द सिरिज चुनिएका छन् । नेपाललाई ३-० को जित दिलाउन रोहितले कप्तानी अलराउन्ड प्रदर्शन गरेका थिए । रोहितले ९५ रन बनाउनुको साथै ६ विकेट लिएका थिए ।

पहिलो खेलमा नेपाललाई ७ रनको जित दिलाउन रोहितले ८ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । दोस्रो खेलमा ४ विकेटको जित दिलाउन रोहितले ८७ रन बनाउनुको साथै २ विकेट लिएका थिए । दुबै खेलमा रोहित प्लेयर अफ द म्याच चुनिएका थिए ।

तेस्रो खेलमा नेपालले २३३ रनको लक्ष्य पछ्याउने क्रममा भीम सार्की १०१ र अनिल साहले ११२ रन बनाउँदै ९ विकेटको सहज जित दिलाएपछि रोहित ब्याटिङमा आउनु परेन । रोहित ओडीआईमा पहिलो पटक प्लेयर द सिरिज चुनिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस