दरखास्त दिनेलाई छोडेर अब बजारमा उपकुलपति खोज्न मिल्दैन : शिक्षा सचिव अधिकारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दरखास्त दिनेलाई छोडेर अब बजारमा उपकुलपति खोज्न मिल्दैन : शिक्षा सचिव अधिकारी


२९ माघ २०८०, सोमबार


काठमाडौँ । शिक्षा सचिव सुरेश अधिकारी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा जसले दरखास्त दियो अब त्यही भित्रबाट मात्र नियुक्ति हुने बताएका छन् ।

उपकुलपतिको सर्टलिस्टमा परेका व्यक्तिहरूमाथि प्रश्न उठिरहेका बेला शिक्षा सचिव अधिकारीले अब कानुनअनुसार उनीहरू मध्येबाटै छनौट हुने बताए ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको सोमबारको बैठकमा सांसदहरुले उपकुलपतिको सर्टलिस्टमा प्रश्न उठाएपछि सचिव अधिकारीले उक्त जवाफ दिएका हुन् । ‘जसले म योग्य छु भनेर दरखास्त दियो उसलाई बनाउने हो । तिमीहरू योग्य छैनौँ अब हामी बजारमा खोज्छौँ भन्न मिल्दैन । हामीलाई कानुनले दिँदैन,’उनले भने ।

संसदीय समितिमा मन्त्री नै जिम्मेवार हुने भएकाले सचिवले सांसदहरूसँग सवाल जवाफमा उत्रिन मिल्ने बताए । समितिमा शिक्षामन्त्री उपस्थित थिएनन् । समितिले त्रिविको उपकुलपति छनौटबारे छलफल गर्न सोमबार मन्त्रीसहितलाई बैठकमा बोलाएको थियो ।

सचिव अधिकारीले उपकुलपतिका लागि दरखास्त दिएकाहरूले पेस गरेका भिजन पेपरहरू भने छनोट प्रक्रिया पुरा नहुँदासम्म सार्वजनिक गर्न नमिल्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस