२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले पदाधिकारीसँग छलफल गरेपछि सुरु भयो माओवादीको बैठक

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूसँग छलफल गरेपछि केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा जारी बैठकमा आज नेताहरूको राखेको प्रश्नको प्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्ड’ले जवाफ दिएर टुङ्ग्याउने तयारी छ।

हिजोको बैठकमा कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल र अध्यक्ष हर्कबहादुर नेम्वाङ, मधेस प्रदेशका इन्चार्ज लीलामणि पोखरेल, बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्मा र अध्यक्ष सरल सहयात्री पौडेल, गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेल र अध्यक्ष गायत्री गुरुङले पार्टीको चार महिने अभियानबारे रिपोर्टिङ गरेका थिए।

यस्तै, कर्णाली प्रदेशका इन्चार्ज मातृकाप्रसाद यादव, उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन, सम्पर्क समन्वय समितिका इन्चार्ज गिरिराजमणि पोखरेल प्रवास समितिका इन्चार्ज सुरेन्द्र कार्कीले अभियानको बारेमा बैठकलाई जानकारी गराए।

रिपोर्टिङका क्रममा नेताहरूले अभियानले पार्टी र जनताबीचको सम्बन्ध विस्तार भएको, पार्टीमा पुनः जीवन प्राप्त भएको बताएका थिए। बैठकमा समसामयिक राजनीतिक विषय बाहेक पार्टीको काम र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि आज छलफल हुँदैछ। बैठकअघि ‘प्रचण्डले विधानमा साझा समझदारी बनाउन पदाधिकारीहरूसँग छलफल गरेका थिए।

माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ। त्यसबारे यसअघि दुई दिन स्थायी कमिटीमा छलफल गरेको थियो।

प्रतिक्रिया दिनुहोस