मिर्चैया नगरपालिकामा तोडफोड « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मिर्चैया नगरपालिकामा तोडफोड


२८ माघ २०८०, आइतबार


गोलबजार (सिरहा) । सिरहाको मिर्चैया नगरपालिका तोडफोड भएको छ । आज दिउसो कार्यालयमा तोडफोड गरिएको हो । नगर प्रमुख श्रवण यादवले घटनाको घोर भर्त्सना गर्दै कारबाहीका लागि स्थानीय प्रशासनसमक्ष माग गरेका छन् । 

“मिर्चैया नगरपालिका-३ का वडाध्यक्ष पवित्रादेवी यादवका पति खगेश्वर गोहीवार यादवसहित करिब ३०/४० जनाको समूहमा आएको  उच्छृङ्खल व्यक्तिले अन्धाधुन्ध ढुङ्गामुढा गर्न थालेपछि यस कार्यालयको झ्याल, ढोका, सिसिटिभी क्यामेरा, कम्प्युटर, मोटरसाइकललगायत महत्त्वपूर्ण सामग्री नष्ट भएको छ,” नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

कुनै किसिमको माग नै नराखी यस नगरपालिकाभन्दा बाहिरको व्यक्तिलाई समेत सहभागी गराई आतंककारी शैलीमा कर्मचारीलाई कुटपिट गर्ने मनसायले आक्रमण गरिएको नगरप्रमुख यादवले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस