अभियन्ता इःद्वारा नौ दिने पैदल यात्रा सुरु « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

अभियन्ता इःद्वारा नौ दिने पैदल यात्रा सुरु


२८ माघ २०८०, आइतबार


काठमाडौँ । अभियन्ता ईः ले सडक व्यवसायी गरिब तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमजीवीको समस्या सरकारलाई सुनाउन नौ दिने पैदल यात्रा सुरु गरेका छन्।

आइतबार ईः ले सरकारलाई दबाब दिन लुम्बिनीबाट नौ दिने पैदलयात्रा सुरु गरेका हुन्। उनीसँगै अभियन्ता चाउ पदयात्रामा सहभागी भएका छन्। 

सडक व्यवसायी गरिब तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमजीवीको समस्या समाधानमा संघीय सरकारको भूमिका समेत अनिवार्य बनेको उनले बताए। 

आइतबार मायादेवीबाट हिँडेका उनीहरू आज राति रूपन्देही पुगेर बास बस्नेछन्। त्यससपछि पश्चिम नवलपरासीको सुनवल, नवलपुरको दुम्कीबास, दलदले, चितवनको रामनगर, कुरिनटार हुँदै फागुन ७ गते सिंहदरबार पुग्ने योजना रहेको ईःले बताए। यो यात्रा नौ दिनको रहने छ।

Tags :
प्रतिक्रिया दिनुहोस