कोल्ड स्टोरेज सङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोल्ड स्टोरेज सङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित


२८ माघ २०८०, आइतबार


काठमाडौँ । नेपाल कोल्ड स्टोरेज सङ्घको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सङ्घको १० औं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित श्रेष्ठ चन्द्रागिरि उद्योग वाणिज्य सङ्घका अध्यक्ष समेत रहेका छन् । सङ्घको उपाध्यक्षमा विश्वेश्वरप्रसाद कुसवाहा एवं सचिवमा गोकुल बराल सर्वसम्मत भएका छन् भने कोषाध्यक्ष मानवराज थापा पनि सर्वसम्मत भएका हुन्।

यस्तै सङ्घको सदस्यमा आषिश शर्मा, देवानजंग चौधरी र राजेन्द्र भट्ट सर्वसम्मत भएका छन् । साधारण सभाबाट संशोदित विधानले कार्यसमिति नौ सदस्य बनाउने व्यवस्था अनुसार सुशिला पाठक र सुवास मल्ललाई सङ्घले आमन्त्रित सदस्य मनोनीत गरेको छ । सर्वसम्मत भएका सबै पदमा एकरएक मात्र दरखास्त परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस