१९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

१९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै 


२८ माघ २०८०, आइतबार


काठमाडौँ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै छन् । फाइनल खेल दक्षिण अफ्रिकाको बेनोनीमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।

पहिलो सेमिफाइनलमा भारतले आयोजक दक्षिण अफ्रिकालाई २ विकेटले र दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई १ विकेट हराउँदै फाइनलमा पुगेको हो । १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारत सर्वाधिक सफल टोली हो । उसले १४ वटा विश्वकपमध्ये ५ पटक उपाधि जितेको छ।

त्यस्तै दोस्रो सफल टोली अस्ट्रेलियाले ३ वटा जितेको छ । यसपटक नेपाल सुपर सिक्समा पुगेको थियो । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हारेको नेपालले अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको हो । तर सुपर सिक्समा नेपाल भारत र बङगलादेशसँग पराजित भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस