एकै ओभरमा रोहितले लिए दुई विकेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकै ओभरमा रोहितले लिए दुई विकेट


२७ माघ २०८०, शनिबार


काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले चौथो विकेट गुमाएको छ । क्यानडाको चौथो विकेट पनि कप्तान रोहित पौडेलले लिएका हुन् । 

उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस कीर्तनलाई २० रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् । 

निकोलस कीर्तनले पेभेलियन फर्किनुअघि २९ बलमा दुई चौका हिर्काएका थिए । ३१.५ ओभरमा कीर्तन आउट हुँदा क्यानडाले एक सय ८० रन बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस