एएफसी एशियन कपको उपाधिका लागि कतार र जोर्डन भिड्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एएफसी एशियन कपको उपाधिका लागि कतार र जोर्डन भिड्दै


२७ माघ २०८०, शनिबार


काठमाडौँ । एएफसी एशियन कप फुटबलको फाइनल खेल आज हुँदै छ । जारी प्रतियोगितामा उपाधिका लागि जोडर्न र आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतार आमने सामने हुँदै छन् ।

 फाइनल खेल आज राति पौने ९ बजे सुरु हुनेछ । जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा प्रवेश गरेको हो । कतारले यसअघि पनि उपाधि जितिसकेको छ । सेमिफाइनलमा जोर्डनले दक्षिण कोरियामाथि २-० को सहज जित निकाल्दै फाइनलमा स्थान पक्का गर्दा घरेलु टोली कतारले भने इरानमाथि ३-२ गोलको पुनरागमन जित निकालेको थियो ।

समूह ईमा तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको जोर्डन त्यसपछिका नकआउट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको टिम हो ।

अन्तिम १६ मा जोर्डनले इराकलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो भने त्यसपछि ताजिकिस्तानलाई १-० ले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो । 

डिफेन्डिङ च्याम्प्यिन कतार भने समूह एबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाएको थियो । प्यालेस्टाइनलाई पराजित गर्दै क्वाटरफाइन्लमा स्थान बनाएको कतारले उज्वेकिस्तानलाई पेनाल्टी सूटआउटमा पराजित गरेर  सेमिफाइनलमा स्थान बनाएको थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस