सस्तो ब्याजदरमा पाँच करोडसम्म घरकर्जा दिँदै वाणिज्य बैंक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सस्तो ब्याजदरमा पाँच करोडसम्म घरकर्जा दिँदै वाणिज्य बैंक


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले सस्तो ब्याजदरमा घरजग्गा कर्जा दिने भएको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका २०७७ बमोजिम ‘मेरो घर कर्जा’ योजना ल्याएको हो ।

घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्न अधिकतम पाँच करोड रुपैयाँसम्म दिइने ‘मेरो घर कर्जा’को ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिनेछ ।

हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ । यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्नेछ । कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ । कर्जा प्रशोधन तथा सेवा शुल्क एक पटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्ने बैंकले जनाएको छ ।

बैंकको सातै प्रदेशमा २८६ शाखा कार्यालय, ३०५ एटीएम र ७० वटा एक्स्टेन्सन काउन्टर रहेको छ । देशभरका शाखा कार्यालयबाट यो कर्जा पाइने बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस