माओवादीको वैशाखी बिना लड्न सक्ने पुरानै काँग्रेस चाहियो : डा. मीनेन्द्र रिजाल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

माओवादीको वैशाखी बिना लड्न सक्ने पुरानै काँग्रेस चाहियो : डा. मीनेन्द्र रिजाल


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले माओवादीको वैशाखी टेकेर होइन आफ्नै बुतामा लड्ने हैसियतको पार्टी बनाउन नसक्ने हो भने काँग्रेस कहीँ पनि नपुग्ने बताएका छन् ।

नेपाली काँग्रेसको काठमाडौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता डा. रिजालले काँग्रेसलाई नयाँ बनाउने होइन, पहिलेका नेताहरूको पालाको जस्तै पुरानो र बलियो पार्टी बनाउनुपर्ने बताएका हुन्।

डा. रिजालले भने, ‘हामी नयाँ काँग्रेस बनाउने भन्दैछौं । अहिलेको आवश्यकता नयाँ होइन हिजोका हाम्रा नेताहरूको पालाको जस्तो बनाउने हो । एमाले र काँग्रेसबीचको प्रतिस्पर्धाले तेस्रो दल यति सानो छ कि त्यसलाई काखीमा राखेर एकले अर्कोलाई तह लगाउनुपर्ने अवस्था छ । अघिल्लो पटक ओलीले ११ निर्वाचन क्षेत्रमा मात्र ठूलो पार्टी भएको माओवादीलाई बोकेर १०० सीटमा लड्दा ८० सीट जिते । अहिले हामीले माओवादीलाई बोकेर ५७ सीट जितेका छौँ । तर, भोट ओलीको भन्दा कम छ । यस्तै बैशाखीमा हिँडेर काँग्रेस कहीँ पनि पुग्दैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस