लिग-२ लगत्तै नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लिग-२ लगत्तै नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने


२६ माघ २०८०, शुक्रबार


काठमाडौं । नेपालीले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग एक दिवसीय त्रिकोणात्मक सिरिज लगत्तै टि-२० सिरिज खेल्ने भएको छ ।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग फेब्रुअरी २७ देखि ५ मार्चसम्म टि२० सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो ।

नेपालले फेब्रुअरी १५ देखि २५ सम्म टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्दैछ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार लिग २ सिरिज लगत्तै नेदरल्यान्ड्स र नामिबियासंगै टि-२० सिरिज खेल्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस