दीपेन्द्रसिंह ऐरी आइएल टी-२० प्रतियोगिता खेल्न युएई प्रस्थान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दीपेन्द्रसिंह ऐरी आइएल टी-२० प्रतियोगिता खेल्न युएई प्रस्थान


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइएल टी-२० प्रतियोगिता खेल्न युएई प्रस्थान गरेका छन् । उनी बिहीबार मात्रै सो प्रतियोगिताका लागि गल्फ जायन्ट्स टिममा आबद्ध भएका थिए ।

जारी प्रतियोगितामा दीपेन्द्र सम्मिलित जायन्ट्सले हालसम्म ९ खेल खेलिसकेको छ । त्यसमध्ये ५ खेलमा जित र ४ खेलमा हारसहित १० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ । लिग चरणमा एक खेल मात्रै खेल्न बाँकी रहँदा गल्फ जायन्ट्सको प्ले अफमा पुग्ने सम्भावना भने बलियो छ ।

गल्फ जायन्ट्सले लिग चरणको अन्तिम खेल शनिवार खेल्दैछ । उक्त खेलमा दीपेन्द्र उपलब्ध हुनेछन् । त्यसपछि आउँदो मङ्गलवारदेखि प्ले अफका खेलहरू सुरु हुन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस