काठमाडौँ । पोखरामा ११औँ संस्करण सूर्य नेपाल गाथा नेपाल लिटरचेर फेस्टिभल आउँदो फागुन ३ गतेदेखि ७ गतेसम्म हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलनमार्फत दर्जन बढी विदेशीसहित २ सयभन्दा बढी वक्तासहित ११औँ संस्करण लिटरचेर फेस्टिभल हुन लागेको जनाएको हो ।
फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने आयोजकको भनाइ छ । फेस्टिभलमा दैनिक हजारौँ साहित्यानुरागी भेला हुने आयोजकको अपेक्षा छ । यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डको सहभागिता हुँदैछ ।
आयोजक संस्थाका केशवशरण लामिछानेले नेपाल लिटरेचर फेस्टिभल पोखरामा एउटा ब्रान्डका रूपमा स्थापित भइसकेको बताए ।
सांसद एवम् अर्थशास्त्री डा। स्वर्णिम वाग्लेदेखि अर्थमन्त्री डा. प्रकाशशरण महतसम्मका व्यक्ति फेस्टिभलमा सहभागी हुने आयोजनको भनाइ छ ।







