२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा आम निर्वाचन आज

अ+ अ-

काठमाडौँ । पाकिस्तानमा आम निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार पनि हिंसाका घटना भएका छन् । बलुचिस्तान प्रान्तमा निर्वाचन कार्यालयलाई लक्षित गरी दुई वटा बम विष्फोट हुँदा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

पूर्वप्रधानमन्त्री नवाज सरिफलाई सेनाको समर्थन रहेको विश्वास गरिएको छ भने पूर्व प्रधानमन्त्री इमरान खान जेलमा रहेकाले शरीफको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) चुनावमा सबैभन्दा ठूलो पार्टी बन्न सक्ने आँकलन गरिएको छ ।

खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का उम्मेदवार सर्वोच्च अदालतले आफ्नो पार्टीको चुनावी चिन्ह क्रिकेट ‘ब्याट’ हटाउने निर्वाचन आयोगको निर्णयलाई समर्थन गरेपछि स्वतन्त्र रूपमा चुनाव लडिरहेका छन् । ७४ वर्षीय सरिफले बिहीबार हुने निर्वाचनमा कीर्तिमानी चौथो कार्यकाल प्रधानमन्त्री बन्ने लक्ष्य राखेका छन् । 

बिलावल भुट्टो-जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पनि प्रतिस्पर्धामा रहेको छ । बिलावल भुट्टो जरदारीलाई पार्टीले प्रधानमन्त्री पदको रूपमा घोषणा गरेको छ ।

पाकिस्तानको निर्वाचन आयोगले गत वर्षको डिसेम्बरमा निर्वाचन गराउने कार्यतालिका जारी गरेको थियो । पाकिस्तानमा आम निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यस चुनावमा १२.८५ करोड बढी मतदाताहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस