पुनः जसपामा फर्किँदै धरौटीमा रिहा भएका यादव « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पुनः जसपामा फर्किँदै धरौटीमा रिहा भएका यादव


२४ माघ २०८०, बुधबार


काठमाडौँ । मधेश प्रदेशको प्रदेश सभा सदस्यमा स्वतन्त्र चुनाव जितेका अनिरुद्ध सिंह यादव पुनः जनता समाजवादी पार्टीमा फर्किने भएका छन् ।

उनले २०७९ मा भएको चुनावमा टिकट नपाएपछि सप्तरी-४ (ख) बाट प्रदेशसभा सदस्यमा चुनाव जितेका थिए । सप्तरी-४ (ख) मा जसपाकी कार्यकारिणी सदस्य रेणु यादवका छोरा अभिषेक यादवले टिकट पाएपछि अनिरुद्ध रुष्ट भएर स्वतन्त्रबाट चुनावमा उठेका थिए ।

अनिरुद्ध स्वतन्त्रबाट चुनाव लडे पनि जसपाका कार्यकारिणी सदस्य एवम् राष्ट्रिय सभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले उनलाई सघाएको रेणु यादवको आरोप रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस