केरुङ र तातोपानी नाकामा व्यवसायीलाई अस्थायी पासको व्यवस्था गर्न माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

केरुङ र तातोपानी नाकामा व्यवसायीलाई अस्थायी पासको व्यवस्था गर्न माग


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्न माग गरिएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपालको चीनसँग जोडिएका केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्ने सरकारसँग माग गरेको हो । 

मंगलबार महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै महासंघले चीनसँगका नाकाबाट आयात हुने सामान सहज रूपमा नेपालभित्र नभित्रिने र चीन जान नपाउँदा नेपाली व्यवसायीहरूको अर्बौँ रुपैयाँको सामान जोखिममा परेकाले व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको हो।

महासंघले व्यवसायीहरूलाई सहज रूपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो। महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको केरुङ र तातोपानी नाकाबाट एउटा जिल्लाका व्यवसायीहरू मात्रै जान पाउने सिण्डिकेट हटाएर सबै व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गरिएको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस