माओवादी केन्द्रको विधान अधिवेशनपछि पार्टी एकता गर्ने नेसपाको तयारी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रको विधान अधिवेशनपछि पार्टी एकता गर्ने नेसपाको तयारी 


२२ माघ २०८०, सोमबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा खानेपानी मन्त्री महिन्द्र राय यादवले माओवादी केन्द्रको विधान अधिवेशनपछि पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने बताएका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले माओवादी केन्द्रको आगामी विधान अधिवेशनपछि नेसपा र माओवादी केन्द्रका बीचमा एकता प्रक्रिया अगाडि बढ्ने बताए । उनले एकता भएर एकता महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताए ।

उनले एकता प्रक्रिया अघि बढाउने विषयमा पार्टीभित्र विवाद नरहेको समेत दाबी गरे । ‘हाम्रो पार्टीमा एक लाइननै हो । केन्द्रीय कमिटीको बैठकबाट एकताका लागि सर्वसम्मत निर्णय भएको छ । माओवादीसँग वार्ता गर्ने, संवाद गर्ने, त्यसको लागि बाबुराम भट्टराईको नेतृत्वमा ६ सदस्यीय संयोजन समिति बनेको छ, ‘उनले भने, ‘माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री ‘प्रचण्ड’जीको नेतृत्वमा समिति बनेको छ । अब त्यसलाई पूर्णता दिएर औपचारिक बैठक बस्छौँ । 

Tags :
प्रतिक्रिया दिनुहोस