प्रिमियर लिग : शीर्ष स्थानको लिभरपुल आर्सनलसँग पराजित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रिमियर लिग : शीर्ष स्थानको लिभरपुल आर्सनलसँग पराजित


२२ माघ २०८०, सोमबार


काठमाडौँ । इंगलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोश्रो स्थानको आर्सनलसँग पराजित भएको छ ।

आर्सनलले आइतबार राति भएको खेलमा ३-१ गोलको शानदार जित निकालेको हो । जितसँगै लिग तालिकामा दोश्रो स्थानमा रहेको आर्सनलले लिभरपुलसँगको दुरी दुई अंकमा झारेको छ । आर्सनलका लागि खेलको १४ औँ मिनेटमै बुकायो साकाले गोल गरेका थिए ।

दोश्रो हाफमा आर्सनलले थप दुई गोल गर्‍यो । पहिलो हाफको इन्जुरी समयमा ग्याबरियल मगलहायसले लिभरपुलका लागि बराबरी गोल गरे ।

दोश्रो हाफमा आर्सनलका लागि ग्याबरियल मार्टिनेल्ली र ट्रोसर्डले १-१ गोल गरे । ८८ औँ मिनेटमा इब्राहिमा कोनाटेले दोस्रो पहेँलो कार्ड पाएसँगै लिभरपुल १० खेलाडीमा सीमित बनेको थियो । २३ खेलपछि आर्सनलले ४९ अंक बटुलेको छ भने लिभरपुलले समान खेलमा ५१ अंक बटुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस