२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प पुनःनिर्माणसम्बन्धी एकीकृत कार्यविधि बन्दै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी कार्यविधि निर्माणमा जुटेको छ । विसं २०७२ को भूकम्पपछि बनाइए पनि पछि नयाँ कार्यविधि नबनेकाले यसपटक एकीकृत कार्यविधि निर्माणमा प्राधिकरण जुटेको हो । 

तत्कालीन समयमा पुनः निर्माण प्राधिकरणका धेरै जिम्मेवारी विपद् प्राधिकरणमा हस्तान्तरण गरिएको थियो । त्यसपछि भूकम्प पुनःनिर्माणको कार्यविधि नै नबनेकाले पहिलो पटक कार्यविधि निर्माण हुँदैछ । त्यसबेला सङ्घमार्फत नै पुनःनिर्माणको काम अघि बढाइएको थियो । 

यसपटक स्थानीय तहलाई मुख्य जिम्मेवारी दिएर काम अघि बढाउने गरी कार्यविधि निर्माण भइरहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेले जानकारी दिए । “हामीले स्थानीय तहलाई बढी जिम्मेवार र भूमिका दिने गरी पुनः निर्माणका लागि एकीकृत कार्यविधि अन्तिम चरणमा पु¥याएका छौँ”, उनले भने, “पहिला बनेको कार्यविधिमा प्रदेश, स्थानीय सरकार खासै सहभागी थिएनन् । यसपाली स्थानीय सरकारमार्फत काम गर्नै गरी कार्यविधि अघि बढाएका छौँ ।” 

यसपटक प्रबलीकरण, पुनः निर्माण र पुनः स्थापनलाई छुट्टाछट्टै व्यवस्था गरिने जनाइएको छ । कस्तो अवस्थामा प्रबलीकरण हुने, कस्तो अवस्थामा पुनः निर्माण र कस्तो अवस्थामा पुनः स्थापना गरिने भनेर छट्टै व्यवस्थासहितको एकीकृत कार्यविधि तयार पारिने प्राधिकरणले जनाएको छ ।

पुनःनिर्माणको कामसहितको कार्यविधि निर्माणका लागि प्राधिकरणको टोली केहीअघि मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुगेर सुझाव सङ्कलन गरी फर्किएको छ । स्थलगत अवलोकनपछि आएको सुझावलाई समावेश गरी कार्यविधि निर्माण हुने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । 

कार्यविधि अन्तिम चरणमा रहेकाले चाँडै गृह मन्त्रालयमा पठाइने र मन्त्रालयको राय लिएर कार्यविधिलाई अन्तिम रूप दिने तयारीमा रहेको प्राधिकरणले जनाएको छ । कात्तिक १७ गते आएको जाजरकोट भूकम्पमा ८० हजार घर भत्किएका छन् । अहिले अस्थायी आवास निर्माणको काम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस