२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब सातामा तीन दिन संसद् र तीन दिन समितिका बैठक हुने

अ+ अ-

काठमाडौँ । संसद्को आउँदो हिउँदे अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुने गरी कार्यतालिका तयार गरिएको छ ।

संसद् सचिवालयले बनाएको तीन महिने सो प्रस्तावमाथि आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच आज भएको छलफल भएको हो । 

पहिलो चरणमा यही माघ २२ गतेदेखि १५ दिनसम्मका लागि कार्यान्वयन हुने गरी समर्थन गरिएको बैठकमा सहभागी नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जानकारी दिए। उनका अनुसार कुन दिन संसद् बैठक बस्छ भन्ने पहिल्यै जानकारी हुने भएकाले सांसदलाई समय व्यवस्थापन गर्न सहज हुने बताउँदै त्यही बीचमा सरकारले कस्ता विधेयक पेस गर्ने पूर्व निर्धारण गर्नेगरी सहयोग गर्नुपर्ने विषयमा बैठकमा छलफल भएको जनाए । 

साथै हरेक महिनाको अन्तिम साता संसद्का बैठक आयोजना नगरी सांसदलाई आफ्ना क्षेत्र र जनताका बीचमा जानका लागि समय दिने विषयमा पनि छलफल भएको छ ।

सिंहदवारस्थित संसद् सचिवालयमा भएको छलफलमा सभामुख घिमिरेले यही माघ २२ गतेदेखि हुने अधिवेशनलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा सरकार र राजनीतिक दल गम्भीर भई संसद् सचिवालयलाई सघाउन आग्रह गरेका थिए ।

छलफलमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) मुख्य सचेतक हितराज पाण्डेलगायत सहभागी थिए ।