काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको पाँच दिन सञ्चालनमा आउन सकेको छैन ।
गत सोमबार (१५ माघ)बाट त्रिवि अनलाइन सेवा प्रवाह शुरु गरेको थियो तर सोही दिन ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरेको थियो । शुक्रबार साँझसम्म वेबसाइटमा ‘मेन्टेनेन्स’ भइरहेको उल्लेख छ ।
पनिकाले १५ माघबाट विद्यार्थीको ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रमाणपत्रको प्रतिलिपी, प्रमाणपत्र सच्याउने जस्ता कामका लागि अनलाइनमार्फत सेवा प्रवाह थालेको थियो । तर, सेवा प्रवाह शुरु भएको एक दिन नबित्दै ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरेका थिए ।