यती एयरलाइन्सद्वारा एकसाथ दुई जहाज थप « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यती एयरलाइन्सद्वारा एकसाथ दुई जहाज थप


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । यती एयरलाइन्सले एकसाथ दुइवटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर ७२-५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका छन् ।

यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटीआर ७२-५०० सिरिजको जहाज ७ पुगेको छ ।

थपिएका जहाजले नेपाली दर्ता नम्बर ‘९एन-एओएफ’ र ‘९एन-एओएच’ पाएका छन् । ती जहाज यतीका क्याप्टेनहरूले नै बंगलादेश ढाकाबाट नेपाल ल्याएको कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस