लाइसेन्स परीक्षामा ७५ प्रतिशत बढी परीक्षार्थी अनुत्तीर्ण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लाइसेन्स परीक्षामा ७५ प्रतिशत बढी परीक्षार्थी अनुत्तीर्ण


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको पीसीएल तहको लाइसेन्स परीक्षामा ७५.६६ प्रतिशत बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

यही माघ १० देखि १४ गतेसम्म लिइएको परीक्षामा २४.३४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् ।

परीक्षामा नौ विषयका तीन हजार २७९ विद्यार्थी सहभागी थिए । उनीहरूमध्ये ७९८ जना उत्तीर्ण भएका परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार, सबैभन्दा बढी डायलासिस टेक्नोलोजीमा ६६ प्रतिशत र सबैभन्दा कम डेन्टल हाइजिनमा १४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस