बलिउड : ‘फाइटर’ निर्देशक सिद्धार्थ भन्छन्, ‘फाइटर २ का केही राम्रा आइडिया छन्’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बलिउड : ‘फाइटर’ निर्देशक सिद्धार्थ भन्छन्, ‘फाइटर २ का केही राम्रा आइडिया छन्’


१५ माघ २०८०, सोमबार


मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोणको अभिनय रहेको फिल्म ‘फाइटर’ गत जनवरी २५ मा रिलिज भयो । यो फिल्मले दर्शकबाट राम्रै प्रतिक्रिया पाइरहेको छ ।

फिल्मले रिलिजको चार दिनमा सय करोडको आँकडा पार गरिसकेको छ । दर्शकले फिल्मको सिक्वेलको माग उत्तिकै गरिरहेका छन् । फिल्मका निर्देशक सिद्धार्थ आनन्दले मनमा केही डर राख्दै सिक्वेलको संकेत दिएका छन् । ‘म यसको दोस्रो भाग बनाउन डराइरहेको छु । मैले हालसम्म कुनै फिल्मको सिक्वेल बनाएको छैन । किनकी म सिक्वेलबाट टाढिन चाहन्छु । अब दर्शकको मायाले के गर्न सकिन्छ भन्ने निश्चित गर्छ । यद्दपि फिल्म रिलिजको हाल चार दिन मात्र भएको छ । मसँग ‘फाइटर २’का लागि केही राम्रा आइडिया छन्, जसलाई म पेनडाउन गर्न चाहन्छु’, उनले भनेका छन् ।

उनले तत्कालका लागि सिक्वेल बनाउन आफू उत्साहित नभएको खुलाएका छन् । ‘किनकी म नयाँ भूमिका र नयाँ कथामा फिल्म बनाउन चाहन्छु । सिक्वेल एक निश्चित मात्रामा कम्फर्ट जोन हुन्छ र एक निर्देशक पुरानो सम्झनामा भरोसा गर्न सुरु गर्छ । यसो गर्दा उसलाई डर पनि उत्तिकै हुन्छ । तर म त्यो जोनमा आउन चाहन्नँ’, सिद्धार्थले भनेका छन् ।‘फाइटर’ले पहिलो दिनमा भारतमा २२ करोडको कलेक्सन गरेको थियो । फिल्मले दोस्रो दिनमा ३९ दशमलव ५ करोड, तेस्रो दिनमा २७ दशमलव ५ करोड र चौथो दिनमा २८ दमलब ५० करोडको कमाई गरेको थियो । यसको कुल कलेक्सन १ सय १८ करोड रुपैयाँ भइसकेको छ ।

फिल्ममा अनिल कपूर, करण सिंह ग्रोवरको पनि अभिनय छ । सिद्र्धार्थले ऋतिकको फिल्म ‘वार’ निर्देशन गरेका थिए ।
‘वार’को सिक्वेलको तयारी भइरहेको छ । सिक्वेलमा सिद्धार्थको निर्देशन भने हुने छैन । अयान मुखर्जीले निर्देशन गर्ने सिक्वेलमा जुनियर एनटीआर, कियारा आडवाणी र ऋतिकको अभिनय रहनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस